धारा २०५
प्रदेश सञ्चित कोष वा प्रदेश सरकारी कोषबाट व्यय
देहायका रकम बाहेक प्रदेश सञ्चित कोष वा अन्य कुनै प्रदेश सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन :–
(क) प्रदेश सञ्चित कोषमाथि व्ययभार भएको रकम,
(ख) विनियोजन ऐन बमोजिम खर्च हुने रकम,
(ग) विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेश्कीको रूपमा ऐन बमोजिम खर्च हुने रकम, वा
(घ) विशेष अवस्थामा व्ययको विवरण मात्र भएको उधारो खर्च ऐनद्वारा व्यय हुने रकम ।
तर प्रदेश आकस्मिक कोषका हकमा धारा २१२ बमोजिम हुनेछ ।